डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते

धनगढी : डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् ।

अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।

Dengue

डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।

दुवै जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको बताए । पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार