अमेरिकामा भरतको मृत्यु, अस्ट्रेलियामा दिक्षा मृत फेला

काठमाडौं : अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएकाे छ। पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हाे।

उनी ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका गएकाे नेपयाेर्कले जनाएकाे छ।

Dengue

रोकामगर हालैमात्र बोस्टनमा बसाई सरेर काम गर्न थालेको जनाइएको छ। हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो।

यस्तै उता अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन्। आइतबार राति सिड्नीकाे सेन्ट्रलस्थित एक पार्कमा झापाकाे मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी मृत भेटिएकी हुन्। उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ।

विवाह गरेको करिब चार महिनाअघि उनी अस्ट्रेलिया पुगेको बताइएको छ। त्यहाँ पुगेर काम गर्न सुरु गरेकी उनी सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन्।

उनका माइती पक्षले दिक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेकाे छैन। उनीहरूले आत्महत्या दुरूत्साहनमा पतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

माइती पक्षले अस्ट्रेलियाकाे पिआर पाएका  श्रीमानले उनलाई अस्ट्रेलिया गलत बाटोबाट लगेर गएकाे बताएका छन् । त्यस्तै उनका श्रीमानले आफ्नो पहिलेको बिहेको बारेमा ढाँटेको समेत पाइएको परिवारले बताएकाे छ ।

उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गरेकाे छ । साथै अन्तिम संस्कारका लागि दिक्षाको शव नेपाल पठाइदिन नेपाली समुदायसँग उनीहरूले आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार