आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Seti Hospital

सोमबार बिहान बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि हुने महाशाखाले पूर्वानुमान गरेको छ।

सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशमका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार