मोटरसाइकल दुर्घटना हुँदा धनगढीका सञ्जयको ज्यान गयो !

धनगढी : कैलालीको अतरियाबाट धनगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका १ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अतरिया धनगढी सडक खण्डमा अतरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१- ००८ प ९९९८ नम्बरको मोटरसाइकल गए राती ९:३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो।

Dengue

मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी २५/२६ का सञ्जय चौधरी गम्भीर घाइते भएका थिए। घाइते भएका सञ्जयलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको र चेकजाँच गर्दा चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अहिले उनको शव भने सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटना भएको मोटरसाइकल भने अत्तरिया लगिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार