६२औ स्थापना दिवसको अवसरमा अत्तरियामा रक्तदान कार्यक्रम आयोजना

धनगढी : कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । अत्तरियामा रहेको आराम फिजियोथेरापी सेन्टरको मुख्य प्रायोजनमा नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाले कार्यक्रमको आयोजना गरेको हो ।

‘मानवतालाई जिवित राखौँ’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६२औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको रेडक्रस अत्तरिया उपशाखाका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

Dengue

उनले पछिल्लो समय सुदूरपश्चिममा रगत अभाव भैरहेकाले थोरै भएपनि सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले रगत अभावका कारण समस्या भैरहेका अवस्थामा संस्थाको स्थापना दिवसलाई रक्तदान दिवसका रुपमा मनाएको समेत बताए ।

अत्तरियाको श्रीकृष्ण मार्केटमा रहेको आराम फिजियोथेरापी सेन्टरमा अहिले कार्यक्रम चलिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार