दक्षिण अस्ट्रेलियामा गौरा पर्वको झल्को

धनगढी : दक्षिण अस्ट्रेलियामा पहिलो पटक गौरा पर्वको झल्को देखिएको छ । सुदुरपश्चिमको महान पर्व गौरा पर्वको अवशरमा दक्षिण अस्ट्रेलियाको एडिलेडमा पहिलो पटक गौरा उत्सव मनाइएको छ ।

शनिबार एन.आर.एन ए दक्षिण अस्ट्रेलियाका पुर्व संयोजक तथा ओसियानाका पुर्व उपाध्यक्ष रमेश जोशीको संयोजकत्वमा गौरा पर्व मनाइएको हो । सुदुरपश्चिममा मनाइने गौराको पुरै मौलिकता देखाउन नसकेपछि गौराको सम्झनामा डेउडा तथा गौरा सगं सम्बन्धित पहिरन र खानपान सहित मौलिकता दर्शाउन खोजिएको जोशीले बताए ।

Dengue

अहिले दक्षिण अस्ट्रेलियामा सुदुरपश्चिमका थुप्रै मान्छेहरु बस्दै आएका छौँ जोशीले भने “आफ्नो जन्मभुमीमा गौराको रौनक चलिरहँदा परदेशमै भएपनि त्यसको झल्को दिन सकिन्छकी भन्ने प्रयास स्वरुप बिरुडा, सेल, पुरी, अचार लगायतका खानपिन सगैं डेउडा खेल्दै गौराको सुभकामना आदानप्रदान गरिएको छ ।

पहिलो पटक गौराको झल्को दिने कोशिस गरेका छौँ, आगामी दिनमा यसलाई थप उत्सवका रुपमा मनाउने सोच बनाएका छौँ ।” गौरामा सुदुरपश्चिमका मात्रै नभएर नेपालबाट दक्षिण अस्ट्रेलियामा आएर बसेका सबै ब्यक्तीहरुको सहभागीता रहेको जोशीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार