रमाउने र कमाउने दुवैका लागि उत्कृष्ट गन्तव्य ‘जाखौर ताल’ (फोटो फिचर) 

भक्तराज जोशी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवरियास्थित देवारीया वनस्पति उद्यान घुमफिरका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।

पछिल्लो समय  उद्यान व्यवस्थापनमा राम्रै खर्च भएपछी अहिले धनगढीसंगै कैलाली जिल्ला र जिल्ला बाहिरका पर्यटकहरु घुमफिरका लागि देवरिया वनस्पति उद्यान आउने गरेका छन् । 

Dengue

जाखौर तालका नामले पनि प्रख्यात देवरिया वनस्पति उद्यानमा अहिले दैनिक सयौं पर्यटक घुमफिरका लागि पुग्ने गर्दछन । अझ सिजनमा त दिनमै पर्यटकको संख्या हजारौँ पुग्ने उद्यानका कर्मचारीले बताएका छन् ।

उद्यानभित्र रहेको ताल, पार्क, शान्त वातावरण, प्राकृतिक सौन्दर्यता, थरिथरिका फुल र वनस्पति उद्यानका मुख्य आकर्षक हुन ।

देवरिया वनस्पति उद्यान अनि घुम्ने र रमाउनेका लागि मात्र होइन, फोटोग्राफी गरेर पैसा कमाउनेहरुका लागि पनि मुख्य गन्तव्य बनेको छ । उद्यानमा केही फोटोग्राफरहरु क्यामेरा लिएर बस्छन । उनीहरुको काम नै उद्यान घुम्न आउने पर्यटकहरुको फोटो खिच्ने र भिडियो बनाइदिने हुन्छ ।

यसरि फोटो र भिडियो बनाइदिएबापत उनीहरुले प्रतिफोटो २० रुपैयाँ र भिडियोको ४० देखि ५० रुपैयाँसम्म लिने गर्छन । यसरि फोटो/भिडियो खिचेर राम्रै कमाइ हुने उनिहरुले बताएका छ । यही कारण पनि पछिल्ला दिन देवरिया वनस्पति उद्यान अर्थात जाखौर ताल घुम्ने, रमाउने र कमाउनेका लागि मुख्य गन्तव्य स्थापित भएको छ । बाकीँ फोटो फिचरमा:      

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार