अधिकांश ठाउँमा सकियो यो बर्षको गौरा पर्व

बैतडी : सुदूरपश्चिममा मनाइने मुख्य पर्व गौरा यो बर्ष सकिएको छ । भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा पर्व ठाउँ परिवेश अनुुसार फरक–फरक दिन समापन गर्ने गरिन्छ । हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र कृष्ण पक्षमा परेको थियो ।

भाद्र कृष्ण पञ्चमीका दिन बिरुडापञ्चमीबाट शुरु भएको गौरा अधिकांश ठाउँमा सकिएको स्थानीयहरुले बताएका छन् । अमुक्ताभरण सप्तमीका दिन भित्र्याएको गौराको बिदाईको दिन गौरा सेलाउने भन्ने चलन रही आएको छ । बैतडीसहित सुदूरपश्चिमका अधिकांश ठाउँहरुमा गौरा सेलाइसकिएको स्थानीयहरुले बताएका छन् ।

Dengue

गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावालीपछि विभिन्न देउखलाहरुमा खेल खेल्ने गरिन्छ । गौरा सेलाउनुभन्दा अघि ती खलाहरुमा ऐतिहासिक ठाडोखेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार