प्ल्स टुपछि कुन कलेज पढ्ने ? यस्तो भन्छन् ऐश्वर्यका क्याम्पस प्रमुख धर्मदेव भट्ट… (अन्तर्वार्ता)

भक्तराज जोशी

कैलाली । ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले १२ पास गरेका विद्यार्थीलाई कलेज छान्दा विभिन्न विषयमा ध्यान दिन आग्रह गरेका छन् ।

शिक्षा प्रदान गर्ने संस्था विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले उनले १२ पास गरेर स्नातक तहमा भर्ना हुने सोच बनाएका विद्यार्थीलाई हचुवाका भरमा भर्ना नहुन आग्रह गरेका हुन् ।

Dengue

कलेज छान्ने विषयमा सुरुमै म यही कलेजमा पढ्छु भन्ने सोच बनाउनु ठिक नभएको भट्टको भनाई छ । उनले सबै विद्यार्थी ऐश्वर्य बहुमुखी क्याम्पसमै पढ्नुपर्छ भन्ने जरुरी नभएको बताउँदै एकपटक विद्यार्थीले आफूले पढ्न चाहेको विषय अध्यापन हुने कलेजहरुको भिजिट गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय शिक्षा क्षेत्रमा बालबालिकालाई ललिपप देखाएजसरी विद्यार्थीलाई भ्रममा पारेर भर्ना गराउने प्रवृत्ति हाबी भएकोले त्यसतर्फ सचेत हुन विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन् । थप कुरा भिडियो हेर्नुहोस्ः

ऐश्वर्या बहुमुखी क्याम्पसका प्राध्यापकहरूसँग गरिएको कुराकानी

Posted by Call24 News on Thursday, August 22, 2024

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार