नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

काठमाण्डाै : नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे सेट भारतले २५–२१ ले जित्याे । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेकाे हाे ।

Dengue

नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ काे सेटमा हराउँदै ऐतिहासिक निकालेकाे थियाे । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जीत थियाे । प्रतियाेगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए ।

यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा भारतसँग खेलेको थियो । त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएकाे खेलमा नेपाल भारतसँग ३–२ सेटमा पराजित हुँदै उपविजेता बनेकाे थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार