कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा भौतिक निर्माणको काम धमाधम भइरहेको छ । अझ भनौँ, धनगढी ‘स्मार्ट सिटी’ बन्ने लक्ष्यको नजिक छ ।
विगत लामो समयदेखि निर्माणको चर्चा चले पनि अन्ततः धनगढीको नेतृत्व गोपाल हमालले सम्हालेपछि धनगढीको मुख्य सडक (चौराह–क्याम्पस चोक) निर्माणको कामले गति लिएको हो । अहिले यो क्षेत्रमा सडक विस्तारको काम तिव्र गतिमा भइरहेको छ ।
पहिलो चरणमा सडक छेउका संरचना हटाएपछि सुरु भएको सडक विस्तारको काम अन्तर्गत अहिले नाला, कल्भर्ट तथा पुल निर्माणको काम भइरहेको छ ।
निर्माण अवधिभर धनगढीबासीलाई निकै सास्ती खेप्नुपरे पनि निकट भविष्यमा निकै सहज हुने स्वयम् स्थानीयहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्रसमेत रहेको धनगढीको मुख्य सडक निर्माण भएसँगै धनगढीले विकासमा नयाँ फड्को मार्ने निश्चित छ । तस्विरमा हेर्नुहोस् सडक निर्माण कार्यः
प्रतिक्रिया दिनुहोस्