को हुन् सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेका सुरेन्द्र बहादुर पाल ?

दशरथ भट्ट

कैलाली । यतिबेला सुदूरपश्चिम प्रदेशमा नयाँ सरकारको रौनकता छ ।

को मन्त्री बन्ने ? प्रश्नकाबीच अहिले प्रदेशमा १० सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जसमध्येका एक हुन् भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल ।

Dengue

सोमबार नै भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका पालले सोमबार नै पद तथा गोपनीयताको सथप लिएर सोमबार नै मन्त्रालयमा पदभार ग्रहणसमेत गरेका छन् ।

मन्त्रीको पदभार ग्रहण गर्दै पालले सुदूरपश्चिम प्रदेशको भौतिक विकासको गुरुयोजनालाई क्रमिक ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सबैभन्दा पहिला म यहाँको सबै विषयको अध्ययन गर्छु’, पदभार ग्रहण गर्दै मन्त्री पालले भने, ‘अध्ययनपछि यहाँका समस्या समाधानका लागि पहल गर्नेछु ।’ त्यस्तै मन्त्री पालले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णयका रुपमा प्रादेशिक सडकको गुरुयोजना बनाउने घोषणा गरेका छन् ।

को हुन् सुरेन्द्र बहादुर पाल ?
पाल नेकपा (एमाले)बाट प्रदेश सभाको निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८ सय १३ र लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका बिरबहादुर बिष्टलाई १ हजार ८ सय ७८ मतले हराएका थिए ।

विसं २०४६ सालदेखि नेपाली राजनीतिमा सक्रिय पाल बैतडीमा कम्युनिष्ट राजनीतिक आन्दोलनका अग्रज नेताका रुपमा परिचित छन् ।

विसं २०५० सालमा एमाले बैतडी जिल्ला कमिटी सदस्य बनेका पाल विसं २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन रुद्रेश्वर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । गाबिस अध्यक्षमा नियुक्त भएसँगै पालले गाबिसको भौतिक एवम् आर्थिक विकासमा खेलेको भूमिका र गरेको परिवर्तनको अहिले पनि बैतडीमा चर्चा हुनेगर्छ । त्यसलगत्तै कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्याउन निकै संघर्ष गरेका पालले २०७१ सालमा नेकपा (एमाले) बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका थिए ।

त्यस्तै विसं २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको बैतडी जिल्ला अध्यक्षसमेत भएर पालले आफ्नो कशुल नेतृत्वको छाप छोडेका छन् । सोही जिम्मेवारी र कौशलतालाई मध्यनजर गरेर नेकपा एमालेको दशौँ अधिवेशनबाट उनी जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएका थिए । पार्टीको जिल्ला अध्यक्ष भएर उनले जिल्लाको समग्र विकासका निम्ती ठूलो योगदान दिएको स्वयम् स्थानीयहरु बताउँछन् ।

अहिले पनि बैतडीमा पाललाई धेरैले जिल्लाको शिक्षा, स्वास्थ्य तथा भौतिक निर्माणको क्षेत्रमा सँधै दत्तचित्त भएर लाग्ने नेताका रुपमा चिन्छन् । यति मात्र होइन, उनले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।

अर्थमन्त्रीको पनि अनुभव
यसो त पालसँग आर्थिक मामिला मन्त्रालयकोसमेत अनुभव छ । यसअघि उनी सुदूरपश्चिम प्रदेशको आर्थिक ममिला मन्त्रालयका मन्त्री बनेका थिए । यद्यपि त्यसबेला उनको कार्यकाल अवधि २४ दिनको रहेको थियो । केन्द्रीय राजनीतिमा नयाँ सत्ता समिकरण बनेसँगै उनले मन्त्री पदबाट राजिनामा दिनुपरेको थियो ।

हाल पाल सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेका छन् । पाल मन्त्री भएको खुसियालीमा एमाले पार्टी कार्यालय बैतडीमा सोमबार दीप प्रज्वलनसमेत गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार