सेयर बजारले कायम गर्यो हाल सम्मकै उच्च रेकर्ड

काठमाडौं । बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।

१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।

Dengue

यस दिन १४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी, नेपाल रिपब्लिक मिडिया, कुथेली बुकरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, प्रोग्रेसिभ फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स र फस्र्ट माइक्रोफाइनान्सको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार