‘घरज्वाइँ’लाई प्रिमियरमा प्रतिक्रिया– मौलिक सिनेमा 

काठमाडौं : नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’को बुधबार प्रिमियर भएको छ । प्रिमियरमा सहभागी कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिले मौलिक चलचित्र भएको प्रतिक्रिया दिएका छन् । 

मगर समुदायको संस्कार र संस्कृतिलाई केन्द्रमा राखेर बनेको चलचित्रले त्यसको प्रवर्द्धन र संरक्षणको भूमिका खेलेको प्रिमियरमा सहभागीहरूले बताएका छन् । 

Dengue

निर्देशक अनिल बुढा मगरले आफूले माटोको कथा भन्ने प्रयास गरेको बताएका छन् । चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), अनु थापालगायतको अभिनय छ । 

चलचित्र ‘घरज्वाइँ’ यही शुक्रबारबाट रिलिज हुँदै छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार