के अब ‘बल्छी’ले फिल्म बनाउन लागेकै हुन त ?

काठमाडौं : कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रोजेक्टमा हात हालेको जानकारी दिएका छन् । जनयुद्धको कथामा आधारित ‘राधा’ उनले सुरु गरेको नयाँ प्रोजेक्ट हो ।

पछिल्लो समय सिरियल निर्माण र निर्देशनमा व्यस्त बल्छीको यो घोषणाले कौतुहलता पैदा गर्छ । उनले ‘राधा’ फिल्म हो कि सिरियल प्रष्ट पारेका छैनन् ।

dashain shuvakamana
Discovery School

उनको सामाजिक सञ्जालको कमेन्ट बक्समा समर्थकहरूले ‘फिल्म हो कि सिरियल ?’ भन्ने प्रश्न गरेका छन् ।

फिल्म निर्माणको योजनामै रहेका बल्छीको यो प्रोजेक्ट फिचर फिल्मको होइन । सिरिज निर्माण गर्न लागेका हुन् । तर फरक शैलीमा प्रशारण गर्ने योजनमा छन् ।

बल्छीका अनुसार साउन ५ गतेबाट छायांकनमा निस्किने तयारी छ । लम्जुङका विभिन्न स्थानमा छायांकन गर्ने तालिका बनाइँदैछ ।

‘राधा’का लागि कलाकार छनोट भइनसकेको उनी बताउँछन् । भन्छन्, ‘मेरो पनि अभिनय हुन्छ कि हुँदैन ठेगान छैन ।’

यद्यपि यसको लेखक र निर्देशक आफ्नै रहने उनले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार