भारतको मेघालयमा हातखुट्टा बाँधिएको अवस्थामा ४ जनाको शव फेला

काठमाडौं : भारतको मेघालयमा क्रुर आक्रमण गरी मारिएको अवस्थामा ४ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार यी शवहरु हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका हुन् ।

शवहरुमा धारिलो हतियारले निकै क्रुर रुपमा आक्रमण गरिएका चोटहरु रहेको बताईएको छ । मेघालयको इस्ट जयन्तिया हिल्सको उम्प्लेङ बजार नजिकै जंगलमा शवहरु फेला परेको इस्ट जयन्तियाका प्रहरी उपरीक्षक गिरी प्रसादले भारतीय मिडियालाई बताएका छन । उनका अनुसार शवमा गरिएको आक्रमण र शवहरुको हातखुट्टा बाँधिएको अवस्था हेर्दा यो पूर्वनियोजित र निकै क्रुर हत्या भएको अनुमान गरिएको छ ।

भारतिय मिडियाले मारिनेमा एक जना नेपालको ईलामा घर भएका २३ वर्षिय रवि राई भएको बताएको छ । अन्यको पहिचान खुल्न बाँकी छ । तर ति ३ जना पनि नेपाली हुन सक्ने अनुमान गरिएको छ ।

जयन्तिया हिल्स मेघालयको राजधानी सिलोङबाट करिब १३० किलोमिटर टाढा पहाडी क्षेत्रमा पर्छ । प्रहरीले शवहरुलाई सिभिल अस्पताल खिलेहरियातमा राखेको छ । त्यहाँ शवहरुको पोस्टमार्टम र अन्य परीक्षण गरिने बताइएको छ ।

शव भेटिएकै ठाउँमा हत्या भएको हो वा अन्यत्र हत्या गरेर शव यहाँ फालिएको हो भन्ने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार