घाँस काट्न गएकी डोटीकि चन्द्रा ११ घन्टा पछि मृत फेला

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका-७ पाकरीकी एक वेपत्ताको शव फेला परेको छ। 

शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी अन्दाजी ४८ बर्षीया चन्द्रा बिष्ट हराएकी थिइन् । बिहानै निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको चन्द्राका नातेदार समेत रहेका एमाले नेता नारद मलासीले जानकारी दिए । 

Seti Hospital

 नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चन्द्राको खोजी गरिरहेको थियो । प्रहरी र स्थानीयबासीहरूकाे टाेलीले खाेज्दै जाँदा घरबाट करीव अाधा घण्टाकाे दुरीमा रहेकाे जंगलमा उनकाे शव घाेप्टाे परेकाे अवस्थामा भेटिएकाे उनका अाफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

90%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार