अम्बाको पात पनि शरीरको लागि यति धेरै रामवाण

काठमाडौँ : हरेक फल हाम्रो शरीरको लागि राम्रो मानिन्छ । त्यसमध्ये एक हो अम्बा । जसमा भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ । तर अम्बासँगै पात पनि धेरै गुणले भरिपूर्ण मानिन्छ । यसमा फाइने एन्टिअक्साइड, भिटामिन सी, पोटासियम, र फाइबर हृदय, पाचन प्रणाली र शरीरको लागि आवश्यक तत्व पाइन्छ । अम्बाको पातलाई सुगरको उपचारको लागि प्रयोग गर्न सकिन्छ । आउनुस् हामी तपाईलाई अम्बाको फाइदाबारे जानकारी दिन्छौँ ।

सुगरको नियन्त्रण गर्ने अम्बाको पात
करिब १५ वटा अम्बाको पातलाई सफा गरेर पानीलाई उमालेर चिसो बनाउनुस् । पानीलाई चिसो बनाइसके पछि त्यसको सेवन गर्नुहोला । यदि तपाईलाई पानी पिउन मन छैन भने पातलाई राम्रोसँग पखालेर चपाएर खान सक्नुहुन्छ । केही व्यक्ति अम्बाको पातलाई चिया बनाएर पिउने गर्छन् । खाना पछि अम्बाको पातको चिया पिउँदा रक्त सञ्चार कम हुन्छ ।

Dengue

हृदयको लागि फाइदाजनक
अम्बाको पातमा हुने एन्टी अक्सिडेँट र भिटामिन तपाईको हृदयमा हुने रोगबाट बचाउने गर्छ । यसका साथै अम्बाको पातले लो ब्लड प्रेसर, खराब कोलस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ ।

पाचन शक्तिलाई बढाउँछ
अम्बाको पातले पाचन शक्तिलाई बढाउने काम पनि गर्छ । यसमा पाइने तत्वले पेटको हानिकारक तत्वलाई नियन्त्रण गर्छ । यसमा अत्याधिक मात्रामा फाइबर पाइन्छ । जसले कब्जियत जस्तो समस्यालाई पनि रोक्छ । यसका साथै अम्बाको पातले रोगबद्र्धक क्षमतामा पनि वृद्धि गर्छ ।

छालाको लागि फाइदाजनक
अम्बामा भिटामिन सी धेरै हुन्छ । यसले तपाईको छालामा फाइदा गर्छ । अम्बा धेरै खानाले एकातर्फ छालामा चमक ल्याउँछ । भने अर्को तर्फमा छालामा भएको रिंकल हटाउँछ । अम्बाले बनेको स्कीन टोनरले अनुहारको रगतमा निखार ल्याउँछ । यसको पातलाई पिसेर अनुहारमा पनि लगाउन सक्नु हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार