हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ असार ४ गते मंगलबारको तपाईको दिन यस्तो रहनेछ ।

मेष

Dengue

समय अलिक प्रतिकुल रहला । आर्थिक सङ्कटले सताउन सक्छ । अनावश्यक रुपमा कसैसंग विवाद हुनसक्छ । आजको दिन यात्रामा पनि विशेष सावधान रहनु हितकर होला । पति–पत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै लेनदेनको समस्याले सताउनेछ । तथापि, प्रेमपात्रसित भेटघाट हुनाले प्रेमभाव बढ्नेछ । यात्रागत कार्य सफल हुनेछ । आरोग्यता रहनेछ ।

बृष

व्यस्तता र आरोग्यता बढ्ने छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा अभिवृद्धि होला । आज नसोचेको सम्मान मिल्ने योग छ । मित्रले प्रशंसा गर्नेछन् । पढाइलेखाइमा सुधार आउला । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । नोकरीमा सन्तुष्टि मिल्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

कामको चाप कम भइ फुर्सदिलो अनुभूति होला । प्रशन्नता मिल्ने दिन छ । आफन्त एवम् मित्रजनसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभ होला । लामो समयदेखि रोकिएका कामहरू बन्नेछन् । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । आरोग्यता र पराक्रम बढ्नेछ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक तथा ब्यापारिक कामकाजमा पनि फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । रसरागमा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । खेलकुद र भ्रमण आदिमा रुचि बढ्ने छ ।

सिंह

अन्य दृष्टिले समय राम्रै भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनुहोला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, होस पुऱ्याउनुहोला । हातहतियारको प्रयोग गर्दा विशेष सचेत रहनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्ने छ ।

कन्या

विभिन्न अवसरले पछ्याउने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो बन्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ भने अर्थलाभको योग छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । रसराग खेलकुद आदिमा रुचि बढ्नेछ । यात्रा सफल बन्नेछ ।

तुला

नसोचेको काम बन्ने दिन छ । भेटघाट र मनोरञ्जनमा समय बित्ला । मिष्ठान्न भोजनको योेग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । गरेको कामबाट फाइदा नै हुनेछ । मान मिल्ला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । आयबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

मनमा रहेको डर हटेर काममा उत्साह बढ्ने तथा फुर्सदिलो अनुभूति हुने समय छ । अनुकूल यात्राको सम्भावना छ । प्रयत्न गर्दा मौकाको विशेष फाइदा लिन सकिनेछ । कर्मबल र मान महत्व बढ्नेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम अघि बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु

समय त्यत्ति अनुकुल देखिन्न । श्रमअनुसारको प्रतिफल प्राप्त गर्न मुस्किल पर्ला । सञ्चित रकमबाट केही खर्च हुने योग छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ भने घरायसी समस्या पनि आउला । बौद्धिक कार्य भने बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

आजको दिन जोखिमप्रति विशेष सचेत रहनुपर्ला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग छ । अरुको काम धेरै गर्नु पर्ला । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउने सक्छ । कुरा काटनेहरु बढ्नेछन, सावधान रहनुहोला । दौडधुपका बीच दायित्वलाई पूरा गर्नु हुनेछ ।

कुम्भ

काम र व्यापारमा फाइदा हुने समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । सोच्ने शक्ति बढ्ला । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । धन वृद्धि हुने योग छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिएला । लेनदेनको पक्ष पनि शुभकारी नै छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

भाग्य पनि बलियो छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । परिश्रमले धेरै काम बन्नेछन् । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने योग छ । मनोरञ्जनमा मन जाला । रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुनु हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार