साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली (फोटो फिचर)

काठमाडौँ : नेपाल क्रिकेट टोलीले ट्री–२० विश्वकपअन्तर्गत भोलि शनिबार बिहान आफ्नो तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको टोली साउथ अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार सवा ५ बजे सुरु हुनेछ । नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ । बलियो टोली साउथ अफ्रिकासँग भिड्दै गर्दा नेपालको लक्ष्य जित हुने कप्तान रोहित पौडेल बताउँछन् ।

‘हामी मैदानमा उत्रिएपछि हाम्रो मानसिकता नै कसरी जित्ने भन्ने हुन्छ । हाम्रो टीमको राम्रो तयारी छ । दक्षिण अफ्रिकासँग खेल्नलाई उत्साहित छौं ।’ रोहितले प्रेस मिटमा भने ।

Dengue

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका लेग स्पिनर सन्दीप लामिछाने यो खेलमा उपलब्ध हुनेछन् । सन्दीपको अगामनपछि टोली बलियो बनेको रोहित बताउँछन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन नसकेपछि अंक बाँडेको थियो । नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ ।

तस्बिरः क्यान

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार