ड्युटीबाट फर्कँदै गरेका प्रहरी दुर्घटनामा परे, असईको मृत्यु, अर्का घाइते

काठमाडौं : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ भने सहायक हवल्दार गम्भीर घाइते भएका छन् ।

जिल्लाको फिक्कल गाउँपालिका ५ झगरेबेसीमा आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो ।

Dengue

धनुषाको कमला नगरपालिकाका ठाकुर रत्नावती प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत थिए । यस्तै भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका हेलिकप्टर मार्फत काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार