टि–२० विश्वकप : आजराति भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड खेल्दै

काठमाण्डौ : टि–२० विश्वकपअन्तर्गत आजराति दुई वटा खेल हुँदैछन् । पहिलो खेल राति सवा आठ बजे भारत र पाकिस्तान तथा दोश्रो खेल पौने ११ बजे ओमान र स्कटल्याण्ड खेल्दैछन् । समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल न्यूयोर्कमा हुनेछ ।

यसअघिको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको थियो । पाकिस्तान भने आयोजक अमेरिकासँग सुपर ओभरमा हारेको थियो । समूह ‘ए’ को शीर्ष स्थानमा अमेरिका छ । उसले दुई खेलबाट चार अङ्क जोडेको छ ।

Dengue

यस्तै एक खेल खेलेको भारत दुई अङ्कका साथ समूहको दोश्रो स्थानमा छ । पाकिस्तान भने चौथो स्थानमा छ । समूह चरण पार गर्न पाकिस्तानलाई आजको खेल महत्त्पूर्ण छ । भारत र पाकिस्तानको खेल प्रतिष्ठासँग पनि जोडिएको हुन्छ ।

यस्तै समूह ‘बी’ अन्तर्गत ओमान र स्कटल्याण्डबीचको खेल नर्थ साउण्डमा हुनेछ । यसअघि ओमानले दुई वटा खेलमा हारेको छ । उसले अस्ट्रेलियासँग ३९ रन र नामिबियासँग सुपर ओभरमा हारेको हो । स्कटल्याण्डले इंग्ल्याण्डसँगको खेलमा वर्षाका कारण दोश्रो पारीमा खेल रद्द भएपछि अङ्क बाडेको थियो । उसले नामिबियासँगको खेल पाँच विकेटले जितेको थियो । स्कटल्याण्ड दुई खेलबाट तीन अङ्कसहित समूहको दोश्रो स्थानमा छ । दुई खेलमा हारेको ओमानले अङ्क जोड्न नसकेपछि समूहको पुछारमा रहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार