राजेश हमालले होस्ट गर्ने कार्यक्रम‘भीएफवाई ग्लोबल’को औपचारिक सुरुवात

काठमाडाैँ- विश्वभरमा आआफ्नो क्षेत्रमा ख्याति प्राप्त चर्चित व्यक्तित्वहरुसँग शालीन र बौ‌द्धिक संवाद गर्ने कार्यक्रम भीएफवाई ग्लोबल (भ्वाइस फर युथ)को सुरुवात भएको छ। 

बिहीबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा भीएफवाई टक्सको विस्तारित रुपमा ‘भीएफवाई ग्लोबल’को सुरुवात गरिएको निर्देशक एवम् निर्माता दशरथ सुनारले जानकारी दिएका छन्।

Dengue

लाइभ नेपाल प्रालिअन्तर्गत सञ्चालित हुँदै आएकाे याे ‘शाे’ले युवा उत्प्रेरणा, जनचेतना तथा नेतृत्व विकासलाई प्राथमिकता दिँदै आफ्ना कार्यक्रमहरू प्रशारण गर्ने उनले बताए।

कार्यकर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त नेता, सेलेब्रेटी, उध्यमी/व्यवसायी, कूटनीतिक विज्ञ, सरकार प्रमुख, पत्रकार, अध्यात्मिक गुरु, विज्ञ एवम् प्राध्यापक लगायतका व्यक्तिहरु सहभागी हुने छन्। जहाँ उनीहरुको जीवनशैली, सफलता तथा असफलताका कथाहरु र नेपालको पर्यटनको आयामबारे छलफल हुनेछ। कार्यक्रममा अतिथिहरुले राखेकाे  विचार, अनुभव तथा योजनाहरुले युवालाई उत्प्रेरित गर्न मद्दत गर्ने सुनारले दाबी गरे। कार्यक्रमकाे हाेस्ट महानायक राजेश हमालले  गर्ने छन्।

कार्यक्रमका सम्पूर्ण एपीसोडहरु ग्लोबल भीएफवाईको आधिकारिक युट्युब च्यानल तथा फेसबुक पेज ‘भीएफवाई ग्लोबल’ मार्फत विश्वव्यापी रुपमा प्रशारित हुनेछन्। भीवएफवाई टक्समार्फत यसअघि पनि युवा उत्प्रेरणाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भएका थिए।

त्यसैको विस्तारस्वरुप सञ्चालित भीएफवाई ग्लोबल नेपालको सम्भावनाहरुलाई अन्तर्राष्ट्रियस्तरमा विश्वव्यापी ब्राण्डिङमा सहयोग पुर्याउने उ‌द्देश्यका साथ नेपालबाट याे कार्यक्रम सुरु गरिएकाे हाे।

शोले देशका लागि कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा सुनारले ४ बुँदाहरु उल्लेख गरे।

१. विश्वभरमा आआफ्नो क्षेत्रमा ख्यातिप्राप्त चर्चित व्यक्तित्वहरुसँग शालीन र बौ‌द्धिक संवाद गरेर नेपालको पर्यटनलाई ति अतिथिहरूको माध्यमद्वारा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्दधन गर्ने कार्यको लागि यो शोले एउटा सशक्त माध्यमको कार्य गर्नेछ ।

 नेपालको विश्वका अन्य देशहरुसँग कूटनीतिक सम्बन्ध विस्तारमा सहयोगी भूमिका खेल्न पनि यो ‘शो’को सान्दर्भिकता रहनेछ ।

३. स्वदेश तथा विदेशमा रहेका आम नेपाली युवाहरूलाई प्रेरणा प्रदान गर्न पनि शोले अतुलनीय भूमिका खेल्नेछ ।

४. नेपाली माटोबाट केवल दृढ इच्छाशक्तिको भरोसामा सुरु भएको भीएफवाई ग्लोबलका कार्यक्रमले नेपालको आध्यात्मिक सन्देश प्रवाह गर्नुका साथै हरेक मानिसहरूमा आत्मविश्वास र भरोसा पैदा गराउन सहयोग गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार