चिनियाँ नागरिकबाट ६९ लाख बरामद

भक्तपुर : स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चारजना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

बुधबार सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीका लागि उनीहरूलाई आन्तरिक राजस्व कार्यालय भक्तपुर बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार