दक्षिणकाली दुर्घटना अपडेट: मृत भेटिएका पुरुष र महिलाको परिचय खुल्यो

काठमाडौं : काठमाडौंको दक्षिणकालीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुवै जनाको परिचय खुलेको छ ।

खोँचमा भेटिएका धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्षिया सरिता राई भएको खुलेको छ ।

केही दिन अगाडी मोटरसाइकलमा सवार उनीहरु दक्षिणकाली नगरपालिकाको वडा नम्वर ८ मा रहेको केराबारीको खोँचमा खसेका थिए ।

उनीहरु प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित सडकबाट झण्डै २ सय मिटर तल खसेको अवस्थामा भेटिएका हुन् ।

विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ ।

घटनास्थलबाट क्षतिग्रस्त अवस्थामा मोटरसाइकल भेटिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार