निर्वाचित भएको तीन साता नपुग्दै एमाले सुनसरी जिल्लाध्यक्षको निधन

 सुनसरी : नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । यही जेठको पहिलो साता एमाले जिल्ला अध्यक्ष निर्वाचित भएका खनालको बिहीबार बिहान मृत्यु भएको हो । 

उनी जेठ  ७ गते सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । 

लामो समयदेखि प्याक्रियाजसम्बन्धी समस्याबाट पीडित खनालको उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा बाटोमै मृत्यु भएको एमालेका नेता रवि खनालले जानकारी दिए । 

खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए । भारत हैदराबाद जाने क्रममा तेलङ्गना राज्यको कागज नगर पुग्दा मृत्यु भएको उनको भनाइ छ । 

उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा भने अमेरिकामा छन् । उनको दाहासंस्कार छोरा आएपछि मात्रै हुने नेताहरूले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार