सासू आमासँग यसरी बढाउनुहोस् प्रेम

एजेन्सी : त्यसो त सासु र बुहारीको सम्बन्धलाई समाजमा त्यति राम्रो मानिँदैन । यसमा मेलमिलाप भन्दा झगडा धेरै हुने मान्यता छ । यस्तो देखिन्छ पनि । तर अहिले समय परिवर्तन हुँदै गइरहेको छ ।

अहिलेका सासुहरु पनि पुरानो सोंचहरु त्यागेर अगाडि बढिरहेका छन् । यस्तोमा तपाईंले आफ्नो सासुसँग राम्रो सम्बन्ध बनाईराख्नुभयो भने सानातिना घरेलु समस्याहरु आउँदैनन् ।

Dengue

सासुबुहारीको सम्बन्धलाई सजिलै पनि सुन्दर बनाउन सकिन्छ । राम्रो सम्बन्ध बनाउनका लागि आफ्नो व्यवहारमा ध्यान दिनुहोस् र उनीहरुको आदर तथा सम्मान गर्नुहोस् ।

उनीहरुको समस्यालाई बुझ्ने कोसिस गर्नुहोस् र अगाडि गएर सहयोग गर्नुहोस् । साथीत्वको हात बढाउनुहोस्, कहिलेकाँही साथमा फिल्म हेर्न जानुहोस् र मलहरुमा घुम्ने तथा किनमेल गर्न जानुहोस् ।

रमाइलो समय बिताइरहँदा उनीहरुलाई पनि सामेल गर्नुहोस् र कहिलेकाँही सासुहरुलाई विशेष खालको अनुभूति पनि गराउनुहोस् ।

कसैसँग आफ्नो सासुको कुरा काट्नबाट बच्नुहोस् । अझ राम्रो सम्बन्ध बनाउनका लागि कुनै समस्यामा सासुसँग सहयोग माग्नुहोस् । आफूले सबै कुरा राम्रो गरिसकेपछि कोही पनि त्यस्तो मान्छे हुँदैन जो बुहारी भनेर तपाईंलाई गलत व्यवहार गरोस् । सासुबुहारी भए पनि आमाछोरी जसरी बस्ने कोसिस गर्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार