टी-२० विश्वकप : पहिलो पटक सहभागी हुँदै तीन टोली

काठमाडौं : क्रिकेटप्रेमीहरू टी–२० विश्वकप (T20 world cup 2024)को व्यग्र प्रतिक्षामा छन् ।

वेस्ट इन्डिज र अमेरिकाको आयोजनामा ​​जुन २ बाट सुरू हुने यो मेगा इभेन्टमा कुल २० टिमको सहभागिता रहेको छ । टी–२० विश्वकपको एउटै संस्करणमा यति धेरै टोली सहभागी भएको यो पहिलो पटक हो ।

Dengue

सबै टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहमा पाँच टोलीले एकअर्काको सामना गर्नेछन् र प्रत्येक टोलीबाट दुई टोली सुपर ८ राउण्डका लागि छनोट हुनेछन् ।यस्तो अवस्थामा यस विश्वकपमा ३ वटा टोली पहिलो पटक प्रतियोगितामा सहभागी भइरहेका छन् । जानौं ती तीन टोली कुन-कुन हुन्-

युगान्डा टोली
अफ्रिकी देश युगाण्डाको टोली पहिलो पटक टी–२० विश्वकप खेल्दैछ ।

टोलीले रूवाण्डालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकप अफ्रिका छनोटमा शीर्ष २ स्थान हासिल गर्दै छनोट भएको हो ।

क्यानाडा
एकदिवसीय विश्वकप खेलेको क्यानडाले क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको मेगा इभेन्टमा भागमा पहिलो पटक भाग लिदैँछ ।

क्यानडाको टोलीको पहिलो खेल अमेरिकासँग छ । क्यानडालाई समूह ‘ए’मा राखिएको छ, जसमा भारत, पाकिस्तान, अमेरिका र आयरल्याण्ड छन् ।

अमेरिका
यो सूचीमा आयोजक देश अमेरिका पनि छ, जसले पहिलो पटक टी–२० विश्वकपमा भाग लिदैँछ ।

प्रतियोगितामा सहभागी हुनका लागि अमेरिकाले क्वालिफायर खेल्नुपरेको थिएन र आयोजकको हिसाबले स्वतः छनोट भएको हो ।

अमेरिकाले भर्खरै टेष्ट राष्ट्र बंगलादेशविरूद्धको तीन खेलको टी २० सिरिज २-१ ले जितेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार