प्लेन उडाएर र्चचामा आएका आर्यनलाई चौतन्यले नि:शुल्क पढाउने

धनगढी : धनगढीमा रहेको चैतन्य पाठशालाले सामाजिक दायित्व बहन गर्ने गरी समाजिक सेवामा अग्रसरता देखाएको छ । लम्की चुहा प्रतापुरका १४ बर्षिय आर्यन बि.क केही दिन अगाडी मात्रै प्लेन उडाएर र्चचामा आएका थिए । आधुनिक युगका बौद्धिक क्षमता भएका आर्यनको प्रतिभालाई प्रोत्साहन गर्न र वैज्ञानिक बन्ने उनको सपनालाई विपनामा परिणत गर्न चैतन्य पाठशाले आर्यनलाई कक्षा १० सम्म नि:शुल्क पढाउने सम्झौता गरेको पाठशालाका प्रवन्धक गणेश जोशीले बताए ।

आर्यनले सानै हुँदा बुवा गुमाए र आमा पनी उनको सपना पुरा गर्न भारतमा काम गरिरहेकी छन् । उनी सानै देखि इलोक्टोनिक कुराहरु आविष्कार गर्नमा खुब रुचि राख्ने व्यक्ति हुन् । कहिलें दुई पाङ्ग्रे मोटर बाइक बनाए त !कहिले सानो हावाईजहाज बनाएर उडाएको उनको परिवार सम्झन्छ । अब रोर्बट बनाउने इच्छा राखेको तर पारिवारीक अवस्था पनि कमजोर हुँदा समस्या भईरहेको छ ।

Dengue

यहि समस्याका बावजुद आर्यनले राम्रो बिधालयमा अध्ययन गर्न पाएका थिएनन् तर यतिबेला चैतन्य पाठशालाले आर्यनको पढाइसँगै आविष्कारमा समेत सहयोग गर्ने भए पछि आफुहरु अधिक खुसि भएको आर्यनका अंकल नृप विश्वकर्माले बताए । चैतन्यको यो सहयोगका लागि आजिवन बिर्सन नसकिने समेत विश्वकर्माले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार