युवकले प्रेमिकाकी आमालाई दिए किड्नी, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

एजेन्सी : एक प्रेमीले प्रेमिकाकी आमालाई मृगाैला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन्।

धोका यहाँसम्म कि ती युवतीले आफ्नी आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन्।घटना मेक्सिकाेको हो । ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ ।

Dengue

उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भाेगेकाे यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टाेरी छापेको छ ।

युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’

उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार