विश्वकपअघि अमेरिका र क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाल

काठमाडौं : आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो ।

नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्स विरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ ।

Dengue

आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५/५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलाे खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार