सन्दीपको मुद्दामा सुनवाइ सुचारु, पाउलान् सफाइ ?

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनवाइ प्रारम्भ भएको छ । मंगलबार दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

आजै फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् ।

Dengue

यो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनराज भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा छ ।

यो मुद्दाको फैसला सन्दीपका लागि भाग्य फैसलाकै रूपमा रहेको छ । निर्दोष साबित भएमा उनी तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी-२० विश्वकप खेल्ने ढोकासमेत खुल्नेछ । अन्यथा उनको करियर नै जोखिममा पर्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार