सन्दीपको मुद्दामा आज फैसला आउने सम्भावना

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे ।

Dengue

आज बहसले निरन्तरता पाउने र अदालतले फैसला दिने एक कानून व्यवसायीले जानकारी दिए । बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो । सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

यता न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार