भोजपुरमा बोलेरो भीरबाट खस्दा दुई युवतीको मृत्यु

काठमाडौं : भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने १२ घाइते छन् । आमचोक गाउँपालिका-८ पारकुवा भन्ने ठाउँमा को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट तल खसेर दुर्घटनामा परेको हो ।

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा आमचोक गाउँपालिका-१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ वर्षीया शान्ति राईको मृत्यु भएको छ ।

बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन् । उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार