कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

ताप्लेजुङ : पर्यटक आगमनको याम शुरु भएसँगै कञ्चनजङ्घा क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढेको छ।  गत बुधबार ६० विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । 

कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक  आउने गरेका छन्। पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ।  चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छन्।

Dengue

पर्यटक आगमन शुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए। पहिलो सिजनमा कञ्चनजङ्घा क्षेत्रमा ६५० बाह्य पर्यटक आएका उनले जानकारी दिए। आन्तरिक पर्यटक आगमनको अभिलेख नराखेको उनले बताए। गत वर्ष  ४३९ जना बाह्य पर्यटकले मात्र यो क्षेत्रको भ्रमण गरेका थिए । 

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड रुपैयाँ लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार