२ दिनमा ‘महाजात्रा’ को कमाई यती धेरै

काठमाडौं : शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले रिलिजको दोस्रो दिनमा पनि बम्पर व्यापारलाई निरन्तरता दिएको छ । यो फिल्मले पहिलो दिन १ करोड २३ लाखको ग्रस कलेक्शन गरेको थियो । दोस्रो दिन फिल्मको व्यापारमा ६० लाख बढीको कमाई भएको छ । दोस्रो दिन फिल्मले १ करोड ८३ लाखको ग्रस कलेक्शन गरेको निर्माता म्याक्स दीपेश खत्रीले मेरो फिल्मलाई जानकारी दिएका छन् ।

दोस्रो दिन बिहानैबाट देशभरका हलमा दर्शकको उच्च चाप थियो । आज होलीको बिदा भएकाले पनि फिल्मले २ बजेपछि फिल्मले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । आज होलीका कारण अधिकांश हलमा २ बजेपछि मात्र शोज राखिएको छ । जसकाकारण, आज फिल्मको व्यापार केही घट्न सक्छ ।

Dengue

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । फिल्म ‘महाजात्रा’लाई दर्शकको बलियो वर्ड अफ माउथको साथ छ । जसकाकारण, फिल्मले आगामी दिनमा पनि सुखद कमाई गर्ने आँकलन गर्न सकिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार