कलाकारले यसरी मनाए होली (तस्वीर)

काठमाडौं : सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।कलाकारले पनि आइतबार रङ साटासाट गर्दै फागुपर्व मनाएका छन् । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले परिवारसँग होली मनाए । उनले रङ साटासाट गर्दै परिवारसँग रमाइलो गरेको देख्न सकिन्छ ।

अभिनेत्री केकी अधिकारीले काठमाडौंको मल्ल होटलमा होली समारोहको आयोजना गरिन् । प्रदर्शन तयारीमा रहेको आफू निर्मित फिल्म ‘बोक्सीको घर’को प्रवर्द्धन उद्देश्यले आयोजित कार्यक्रममा उनले रङ साटासाट गरेर होली मनाइन् ।

Dengue

गायक प्रमोद खरेल र अभिनेता विराज भट्टले पनि परिवारसँग होली मनाएका छन् । अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाले अष्ट्रेलियाको सिड्नीमा होली मनाएका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबीर दलेर रमाइलो मात्र गरिंदैन नाचगान पनि गरिन्छ । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको जनविश्वास छ ।

नेपालको संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताए । ‘होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब,’ उनी भन्छन्, ‘सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।’

तस्वीर : सामाजिक सञ्जाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार