काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को गठबन्धन बनाउने कसरत थालेका छन् ।
विपक्षी गठबन्धनका लागि देउवाले साना दलहरूसँग संवाद अगाडि बढाएका छन् ।जस अनुसार देउवाले आफ्नै निवास बुढानीलकण्ठमा आज साना तथा मधेशवादी दलहरूसँग छलफल गरे ।
लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरेको कांग्रेसका एक नेताले जनाकारी दिए ।
कांग्रेसले नयाँ गठबन्धनका लागि राप्रपालाई समेत फकाउने प्रयास गरिरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्