धादिङ दुर्घटनाप्रति प्रधानमन्त्री दु:खी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको गजुरी नजिकै त्रिशुली नदीमा बस खस्दा भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गरे‍का छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले ६ जनाको ज्यान जाने गरी भएको दु्र्घटनाबाट आफू दु:खी भएको जनाएका हुन्।

Dengue

‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दु:खी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले लेखेका छन्।

उद्धार तथा घाइतेको उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रधानमन्त्री प्रचण्डले प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार