एजेन्सी : द्वन्द्वग्रस्त क्षेत्र गाजामा चरम भोकमरी सिर्जना भएको छ । भोकमरीले विशेष गरि बालबालिका आक्रान्त बनेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार भोकमरीका कारण पछिल्ला दिनमा १० बालबालिकाको मृत्यु भएको छ भने सयौं भोकमरीको शिकार भइरहेका छन् ।
स्वास्थ्य संगठनले गाजामा अनिकाल आउन सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयसका अनुसार गाजाका अधिकांश अस्पताल ध्वस्त भइसकेको र ती अस्पतालहरुमा उपचाररत बालबालिकासहित गाजाका अधिकांश बालबालिका कुपोषण र भोकमरीको शिकार हुने गरेका छन् ।
गाजामा कुपोषण, भोकमरी, इन्धन र खाद्यान्न अभावका कारण सर्वसाधारणले संकट ब्यहोरेका छन् ।गाजाका ९० प्रतिशत भवनहरु ध्वस्त हुँदा हजारौं सर्वसाधारण खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्