टी-२० आई सिरिज : आज नेदरल्यान्ड्सलाई जिते नेपाल फाइनलमा

धनगढी : टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दै छ।

खेल बिहान ११:३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको  क्रिकेट मैदानमा सुरु हुनेछ। 

SHIKHAR COOL TECH

नेपालले नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको छ।शृंखलाको फाइनलमा स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ।

नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई ३ रनले हराएको थियो। यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्यान्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो।

शृंखलामा नेदरल्यान्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ।नेपाल र नामिबियाको दुई दुई अङ्क छ। रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार