सर्वोत्तम सिमेन्टको आईपीओमा दुई दिनमै आठ गुणा बढी आवेदन

काठमाडौं : सर्वाेत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आवेदन खुलेको दुई दिनमै चार लाख सात हजार ७११ जनाले आवेदन दिएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार आइतबारबाट खुलेको आईपीओमा सोमबार साँझ पाँच बजेर सात मिनेट जाँदासम्म यो आवेदन परेको हो ।

Dengue

कम्पनीले आवेदन खुलाएको सेयरभन्दा आठ गुणा आवेदन परेको सीडीएससीको तथ्यांकमा छ । कम्पनीको आईपीओ भर्नका लागि कम्तीमा १८ हजार ४५ रुपैयाँ रकम आवश्यक पर्छ । यो कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलोपटक आईपीओ निष्कासन गरेको हो । यो विधिअनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने यो कम्पनीको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीको आईपीओ दुई करोड २२ लाख २३० कित्ता आठ अर्ब एक करोड २० लाख ६३ हजार सात रुपैयाँमा माग भएको छ । तर, कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको हो । यो कम्पनीको आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार