कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौं : इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ।

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

मुद्दामा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९, २२३, २२४ विरुद्धको कसुरमा हदैसम्मको कारबाही तथा क्षतिपूर्ति माग गरिएको छ ।

एक साताअघि इन्द्रेणीबाट निष्कासित ६ जना कलाकारले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार