अम्पायरलाई दुर्व्यवहार गरेपछि निलम्बनमा परे श्रीलङ्काली टोलीका कप्तान

कैलाली : श्रीलङ्काको टी–२० राष्ट्रिय टोलीका कप्तान वानिन्दु हसारंगा निलम्बनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २६ वर्षीय हसारंगालाई निलम्बन गरेको हो ।

खेलका क्रममा आईसीसीको आचारसंहिता विपरीत काम गरेकाले उनीलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ । हालै सम्पन्न अफगानिस्तानविरुद्धको  तेस्रो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा हसारंगाले अम्पायरलाई दुर्व्यवहार गर्दै निर्णयको आलोचना गरेका थिए ।

Dengue

हसारंगा टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा दोस्रो स्थानमा रहेका खेलाडी पनि हुन् । उनले म्याच फिवापत पाउने रकमको ५० प्रतिशत जरिवाना पनि तिर्नुपर्ने भएको छ । अब लगत्तै खेल्ने प्रतियोगितामा उनले निलम्बन बेहोर्नु पर्नेछ ।

टेस्ट प्रतियोगिता पहिले परेमा उनले एक टेस्ट खेल्न पाउने छैनन् । तर, टेस्टभन्दा अगाडि एकदिवसीय वा टी–२० प्रतियोगिता परेमा उनले दुई खेल खेल्न पाउने छैनन् । सम्भवतः आगामी महिना हुने बंगलादेशविरुद्धको टी–२० क्रिकेट शृङ्खलाका क्रममा उनले अघिल्ला दुई खेल गुमाउने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार