रुसमाथि अमेरिकाद्वारा नयाँ प्रतिबन्ध घोषणा

एजेन्सी : युक्रेनमा रुसले विशेष सैन्य कारबाही सुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५ सयभन्दा बढी नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्स नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्ध लगाइएको बताएका छन् । सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ।

Dengue

‘यी प्रतिबन्धहरूले नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्कहरू र थुप्रै महाद्वीपहरूमा प्रतिबन्धहरू बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गर्नेछ,’ बाइडेनले उल्लेख गरेका छन् ।  

राष्ट्रपति बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएका छन् ।

व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ । रुसले फेब्रुअरी २४ फेब्रुअरी  २०२२ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सुरु गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार