यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात

कैलाली : देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही दिनयता केही प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

Galaxy

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा साथै कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“आज काठमाडौंमा मौसम मुख्यतया सफा हुनेछ । दिउँसो केही समय बदली भए पनि आज दिनभर काठमाडौंको मौसम सफा नै हुनेछ,” मौसमविद् गोविन्द झा भन्छन्, “आज काठमाडौंमा वर्षाको सम्भावना छैन ।” 

उनका अनुसार अझै केही दिन पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनेछ । जसका कारण देशका केही भू–भागमा छिटपुटदेखि हल्का वर्षा हुनेछ । यो प्रणालीको विशेष प्रभाव गण्डकीदेखि पश्चिममा बढी पर्ने उनको भनाइ छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार