ससुरालीमा भेटघाट गर्न गएका देव घर फर्कन नपाउदै उतै अस्ताए

बैतडी : बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ।

बैतडी प्रहरीका अनुसार भेटघाटका लागि ससुराली गएका सिगास गाउँपालिका–३ गजिणका ५० वर्षीय देव लुहारको ससुरालीमै मृत्यु भएको हो। सिगास–९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर गएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ।

Dengue

उनी फागुन ९ गते गन्सुर गएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार