पावर प्लेको पहिलो ३ विकेट महङ्गो बन्यो : कप्तान रोहित

काठमाडौं : क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा पराजित हुनु पछिका कारण ब्याटिङमा अपेक्षित नचल्नु रहेको कप्तान रोहित कुमार पौडेलले बताएका छन्।

खेलपश्चातको पत्रकार अन्तरक्रियामा नेपालले सोचेअनुरुप ब्याटिङ गर्न नसक्दा पराजित भएको कप्तान पौडेलले बताएका हुन्। उनले आफु आउट भएको सम्झदैँ भने, ‘आउट हुँदा निकै निराश भए। अजिम्मेवार रुपमा आउट हुँदा त्यसको जिम्मेवारी म आफैँ लिन्छु। पराजयको जिम्मेवारी म लिन्छु।’

dashain shuvakamana
Discovery School

रोहितले पावर प्लेमा विकेट गुमाँदा पनि टोलीको प्रदर्शनमा असर परेको बताए। ‘पावर प्लेमा गुमेको विकेट महङ्गो बन्यो। ब्याटिङ यूनिटमा सुधार ल्याउनु पर्नेछ,’ रोहितले भने।

उनले टोलीमा सबै खेलाडीले आफ्नो भूमिका भने बुझेको दाबी गरे । रोहितले भने, ‘ब्याटिङमा क्लारेटि छ। मोन्टी सर र म त्यसबारे क्लियर छौँ, कस्तो अवस्थामा कसरी खेल्ने भनेर एक दिन अगाडि नै छलफल हुने गर्छ। आजको खेल हारे पनि अन्तिम खेलमा बेस्ट क्रिकेट प्रदर्शन गर्नेर्छौ।’

रोहितले नामिबियाले जित लक्षित तयारी गरेको बताए । उनले भने, ‘नामिबियाले पनि राम्रो खेल्यो। नामिबियाको योजना र तयारी राम्रो देखिन्छ। जितको श्रेय उनको मेहेनतलाई पनि दिनुपर्छ। ’

उनले बलिङ यूनिटले आफ्नो काम गरे पनि ब्याटिङमा भने काम गर्नु पर्ने बताए। ‘बलिङ यूनिटले शतप्रतिशत दिए पनि ब्याटिङ यूनिटमा भने हामी चुकिरहेका छौँ जस्तो लाग्छ। त्यहाँ जिम्मेवरी लिनु जरुरी छ। त्यो म आफैँबाट सुरुवात गर्नेछु,’ रोहितले बताए।

मुख्य प्रशिक्षक मोन्टी देशाईंले भने पछिल्लो पटक त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका खेलहरुमा पहिले ब्याटिङ गर्ने टोली संघर्षरत देखिएको बताए। ‘त्रिवि मैदानमा सुरुवातमा ब्याटिङ गरेका सबै टोलीले संघर्ष गरिरहेको प्रस्ट देख्न सकिन्छ। त्यसैबारे अध्ययन गर्न पनि चाँडै आएर तालिम गरेर, माहोल बुझेर योजना बनाउन पनि हामी तयार थियौं।’

उनले सुरुवातको ब्याटिङ भने राम्रो भएको बताए। ‘पावर प्लेमा राम्रो सुरुवात गरेका थियौँ। पहिलो पाँच ओभरमा राम्रो सुरुवात गरेका थिर्याैँ। कुशल र आसिफको साझेदारी गरेका थिए। २८–३० ओभरको बीचमा गुमाएको विकेटले सबै योजनाहरु विफल बन्न पुग्यो,’ मुख्य प्रशिक्षक देशाईंले भने।

प्रशिक्षक देशाईंले आफुले खेलाडीहरुको व्यक्तिगत क्षमता थाहा भएकोले प्रदर्शनलाई केहि निराश भएपनि उनीहरुको मेहेन्तले खुसी भएको बताए।

उनले भने, ‘थोरै निराश छु। पराजयले भन्दा पनि सबै खेलाडीको क्षमता थाहा भएकोले। राम्रो टोलीसँग खेल्दा एक स्टेप अगाडि हुनु जरुरी छ। १६९ मा ८ विकेट लिनु भनेको टोलीको मेहेन्त प्रस्ट देखिनु पनि हो। उनीहरुको उर्जा र मेहेन्त देखिएको छ। सबैलाई टोलीमा आफ्नो भूमिका थाहा छ। व्यक्तिगत रुपमा ब्याट्र्सले आफुमा सुधार ल्याउन पर्ने देखिन्छ। अलिकति बढि मेहेन्त आवश्यक छ। ’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार