अदालतको फैसलापछि सन्दीप : शारीरिक रूपमा अस्वस्थ, मानसिक रूपमा विक्षिप्त

 कैलाली : बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्ष जेल सजाय हुने फैसला गरेसँगै सन्दीप ठूलो मानसिक तनावमा परेका छन्। शारीरिक रूपमा समेत अस्वस्थ सन्दीप अहिले घरमै बसिरहेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन्।

‘शारीरिक अस्वस्थताका लक्षण देखिएकाले सन्दीप अहिले घरमै आइसोलेसनमा बसेका छन्’। अधिवक्ता घिमिरेले मंगलबार बिहान भने, ‘उनी मानसिक रूपमा पनि अलि विक्षिप्त देखिएका छन्।’ सन्दीप अस्वस्थ भएकै कारण जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्न अलि ढिलाइ भइरहेको पनि उनले बताए।

‘सन्दीपलाई स्वास्थ्यका हिसाबले पनि अलि गाह्रो भइरहेकाले अलि टाइम लागेको हो’, उनले भने, ‘अब यही हप्ताको अन्त्यसम्ममा पुनरावेदन गर्छौ‌ होला।’ पुनरावेदनको अन्तिम तयारीमा सन्दीप बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गर्दै क्रिकेट गतिविधिमा प्रतिबन्ध लगाइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार