आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ

धनगढी : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको छ। शुक्रबार बिहान पत्रकार सम्मेलन गरी अर्थ मन्त्रालयले सो जानकारी दिएको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो। सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ। योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो।

‘अर्धवार्षिक समीक्षामा कति खर्च भयो? अब लक्ष्य कति गर्न सकिन्छ भन्ने कुरा मात्रै समीक्षामा भएको हो,’ उनले भने, ‘तर बजेट कटौती भने भएको छैन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार